काठमाडौं  / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ महिना देखि मन्त्री विहीन बनेको छ ।

उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हाले पनि उनी ६ महिना देखि मन्त्रालय नपुग्दा मन्त्रालय मन्त्री विहीन बनेको हो ।  

OM Sai Pathibhara Hospital

२०७८ असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले गत असोज २५ गते गजेन्द्र बहादुर हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनाएको भन्दै चर्को आलोचना भएपछि हमालले नियुक्त भएको ४८ घन्टा नबित्दै पदबाट राजीनामा दिएका थिए ।  

हमालको राजीनामा पश्चात देउवाले नै उक्त मन्त्रालय सम्हाल्दै आएका छन् । उद्योग मन्त्रालयको कार्यभार सम्हालेको छ महिना बित्दा पनि देउवा मन्त्रालय पुगेका छैनन् । 

प्रधानमन्त्री देउवाले उद्योग मन्त्रालयको काम आफ्नो सरकारी निवास बालुवाटारबाट नै गरिरहेका छन् । 

केही काम पर्दा सचिव तथा सहसचिवहरू प्रधानमन्त्रीलाई भेट्न धाउने गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।  

अधिकारीले भने, –‘सम्माननीय ज्यूको समय व्यस्तताका कारण केही कामहरू पेन्डिङमै छन्, तर ती कामहरू विस्तारै गरेपनि हुने काम हुन् ।’