काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा कुमारी मोक्तान निर्वाचित भएकी छिन् । 

माओवादी केन्द्रको मकवानपुर इन्चार्ज समेत रहेकी मोक्तान आदिवासी जनजाति तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । 

OM Sai Pathibhara Hospital

मोक्तान बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत हुन् । तर, उनका श्रीमान दावा तामाङ भने नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । 

तामाङ पूर्वमन्त्री समेत हुन्। १० वर्षसम्म जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा प्रवेश गरेका हुन्। 

पहिलो संविधानसभाको निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए।

आइतबार सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनको बन्द सत्रले २३६ जनाको नाम केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।  

२९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंग्याइएको हो। केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंग्याइएको हो।