काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यमा १२ दम्पती निर्वाचित भएका छन् । खुला र विभिन्न कलस्टरबाट १२ दम्पती केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

खुल्लाबाट हितमान शाक्य केन्द्रिय सदस्य बनेका छन् भने उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै गणेशमान पुन खुल्लाबाट केन्द्रीय सदस्य बन्दा कमला रोका जनजाति महिलाबाट, पूर्वमन्त्री वर्षमान पुन खुलातर्फबाट र ओनसरी घर्ती जनजाति महिलाबाट, कुलप्रसाद केसी खुल्लाबाट र ताराकुमारी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । 

कृष्णध्वज खड्का र रेखा शर्मा,  दुवै जना खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पूर्वमन्त्री शक्ति बस्नेत खुलातर्फबाट र उनकी श्रीमती सत्य पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । 

देवेन्द्र पौडेल र बलावती शर्मा पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। 

देव गुरुङ केन्द्रीय समितिमा निर्वाचित हुँदा यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी हुन् केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ, नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ, देवेन्द्र पराजुली  र कल्पना धमला र सूर्य सुवेदी र ज्ञानु बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।