विराटनगर / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना निर्वाचित भएका छन् । 

माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । जसमा २२ जना पुरानै नेता छन् भने १० जना नयाँ नेताहरू छन् । 

OM Sai Pathibhara Hospital

खुलातर्फबाट प्रदेशका इन्चार्ज रहेका सुरेन्द्रकुमार कार्की, सावित्रिकुमार काफ्ले (मोरङ), सुरेश राई (उदयपुर), पदम राई (भोजपुर), राजेन्द्र कार्की (संखुवासभा), सुदन किराँती (भोजपुर), किरण राई (सुनसरी), एकचन्द्र बराल (सुनसरी), हेमराज भण्डारी (धनकुटा), शिवकुमार बस्नेत (सोलुखुम्बु) र गोपी अछामी (मोरङ) केन्द्रीय सदस्य निर्वाचित भएका हुन्  

त्यसैगरी खसआर्य कोटाबाट धिरेन्द्र शर्मा (इलाम), धर्मशीला चापागाई (झापा), समिता कार्की (खोटाङ), खसआर्य युवाबाट दुर्गा चापागाईं (तेह्रथुम), मधेशी कोटाबाट शिवकुमार मण्डल (मोरङ), जनजाति कोटाबाट अजम्बर राई (भोजपुर), रामकुमार राई (खोटाङ), जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो (पाँचथर) र हेमकुमार राई (सोलुखुम्बु) केन्द्रीय सदस्य बनेका छन् । 

जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई (खोटाङ)थारु महिला कोटाबाट रामकुमारी चौधरी (सुनसरी) केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

महाधिवेशनबाट लेखा आयोगको अध्यक्षमा निर्वाचित पेशल खतिवडा र अनुशासन आयोगको अध्यक्षमा निर्वाचित टङ्क राई पनि प्रदेश १ कै हुन्।

माओवादीको विधान अनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर, आठौं राष्ट्रिय महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरूको नाम मात्र सर्वसम्मतिले पास गरेको छ । 

बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।