काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । 

नवनिर्वाचित केन्द्रीय समितिको दोस्रो बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पौडेलका अनुसार बैठकमा राष्ट्रिय सभा सदस्य चुनाव, देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल हुनेछ ।