काठमाडौँ / संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख सापकोटालाई आग्रह गरेको थियो।

संघीय संसद् सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ। संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।