काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । 

माओवादीको बन्द सत्रमा सहमतिबाटै केन्द्रीय सदस्य चयनको विषयमा विवाद भएपछि निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।  

OM Sai Pathibhara Hospital

निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ः४० बजे प्रकाशित हुनेछ।

निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन ४ः४५ बजे हुनेछ। यस्तै साँझ ६ः२५ बजे राति १०ः२५ बजेसम्म मतदान हुनेछ।

माओवादी केन्द्रको कूल २९९ केन्द्रीय कमिटीमा १४५ जना खुल्लाबाट निर्वाचित हुनेछन् । अन्य समानुपातिक रुपमा समावेशी समूहका आधारमा निर्वाचित हुनेछन् । 

जसअनुसार समानुपातिकमा खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन्। जसमा पुरुष १२, युवा पुरुष २, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।

यस्तै, दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरुष ६ जना, युवा पुरुष १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।

यसैगरी मुस्लिम समूहबाट ७ जना, मधेशी समूहबाट २३, आदिवासी जनजाति तर्फबाट ४३ र थारु तर्फबाट १०, अपाङ्गता भएका व्यक्तिको समूहबाट दुई र पिछडिएको क्षेत्रबाट महिला र पुरुष गरी दुई जना निर्वाचित हुनेछन्।