काठमाडौँ / ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले १३० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भू(माफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ।






































