काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्रगतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन पारित भएको छ । 

राजनीतिक प्रतिवेदन एकमतले पारित भएको प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिए । विधान र राजनीतिक प्रतिवेदन पारित भएसँगै आजको बन्दसत्रको कार्यक्रम सकिने पनि उनले बताए ।

OM Sai Pathibhara Hospital

पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक दस्तावेजमा २५ समूहबाट मौखिक र लिखितरुपमा सुझाव पेश भएको थियो ।

जसमा ज्येष्ठ कम्युनिष्ट मञ्चको समन्वयको जिम्मेवारी एनके प्रसाई, सल्लाहकारहरुको नन्दकुमार थापा, बागमती प्रदेशका प्रतिनिधिहरुको सरल सहयात्री, आयोगका सदस्यहरूको विष्णुपुकार श्रेष्ठ, जनवर्गीय संगठन, मोर्चाका इन्चार्ज, अध्यक्ष प्रतिनिधिहरू, केन्द्रीय कार्यालय र एकताबाट आएका प्रतिनिधिहरूको समन्वयको जिम्मा अमृता थापा मगरलाई तोकिएको थियो ।

साथै प्रदेश १ को हर्क नेम्वाङ, प्रदेश २ को गणेश शाह, लुम्बिनी प्रदेशका प्रतिनिधिहरूको चक्रपाणी खनाल, गण्डकी प्रदेशको गायत्री गुरुङ, प्रवास समितिको लक्ष्मण पन्त, कर्णाली प्रदेशका प्रतिनिधिहरूको विमला केसी, सुदूरपश्चिमको खगराज भट्ट, सम्पूर्ण विभागका प्रतिनिधिहरूको मायाप्रसाद शर्मा, उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरूको जगत सिंखडा, सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरूको जिम्मा कृष्ण अधिकारीलाई तोकिएको थियो ।