काठमाडौँ / चीनमा कार्यरत एकजना नेपाली वैज्ञानिकले चीनकै प्रतिष्ठित राष्ट्रिय स्तरको अनुसन्धान ‘ग्रान्ट’ प्राप्त गरेका छन् । 

झापाको महारानीझोडाका डा. जनकलाल पाठकलाई चीनको राष्ट्रिय प्राकृतिक प्रतिष्ठानले यस वर्षको विदेशी युवा अनुसन्धान अनुदान प्रदान गरेको हो।

OM Sai Pathibhara Hospital

चीनको क्वाङ्चौ चिकित्सा विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्यरत पाठकले ६ पटकको प्रयासपछि यस्तो उपलब्धि हासिल गरेको बताएका छन् । पाठक विगत ४ वर्षदेखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा कार्यरत छन्।

क्याथोलिक विश्वविद्यालय लुभेन बेल्जियम र भ्रिज विश्वविद्यालय एम्स्टर्डम नेदरल्यान्डबाट विद्यावारिधि गरेका पाठक विगत ६ वर्षदेखि चीनमा स्टेम सेलमा आधारित हड्डी पुनर्जनन (बोन रिजेनेरेसन)को अनुसन्धान गरिरहेका छन्।

यसैवर्ष चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट पाठकले विदेशी युवा वैज्ञानिकको पदक पनि प्राप्त गरेका छन्।