काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्य चयनको जिम्मा प्रदेश कमिटीलाई दिने भएको छ ।  

नेतृत्वमा आउने आकाङ्क्षीहरू धेरै हुने भएपछि माओवादी केन्द्रले प्रदेश कमिटीहरूलाई पनि अधिकार दिन लागेको हो। 

OM Sai Pathibhara Hospital

माओवादी नेताहरूले दिएको जानकारी अनुसार हरेक प्रदेशलाई केन्द्रीय सदस्यको संख्या तोकिनेछ र तोकिएको संख्या क्लष्टरसमेत मिलाएर पठाउनुपर्नेछ । 

त्यसरी पठाएको नाममा महाधिवेशनको हलमा प्रस्तुत हुनेछ । माओवादी केन्द्रका भूगोल र गैरभूगाल गरेर ९ वटा प्रदेश छन् । ती हरेक प्रदेशलाई संख्या दिइनेछ ।

प्रदेशगत सूची तयार गर्नका लागि निश्चित मोडालिटी तयार गरिनेछ । क्लष्टरवाइज सूची तयार गर्ने मोडालिटीका लागि देव गुरुङको नेतृत्वमा समिति पनि बनिसकेको छ ।

त्यस समितिमा जनार्दन शर्मा, शक्ति बस्नेत, विष्णुपुकार श्रेष्ठ, गिरिराजमणि पोखरेललगायतका नेता रहेका छन् ।