काठमाडौं /  नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनस्थल बाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

आचार्यका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकार बाहेकका पत्रकारलाई समेत प्रवेशमा कडाइ गरिएको छ ।