काठमाण्डौ //  गिरिराजमणि पोखरेललाई अपराधी भनिएपछि नेकपा माओवादी केन्द्रको आपतकालीन स्थायी समिति बैठक सुरु भएको छ।

बुधबार प्रदेश २ बाट बन्द सत्रका अध्यक्ष मण्डल पोखरेललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा अपराधि भनिएको थियो। 

OM Sai Pathibhara Hospital

सो बारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बसेको जानकारी गराइएको छ।

बुधबार प्रदेश २ को समूहबाट नेता सत्यनारायण भगतले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा आक्रोशित हुँदै गिरिराजमणिलाई अपराधीको संज्ञा दिएका थिए।

आफूलाई एकजना महाधिवेशन प्रतिनिधिले अपराधी भनेको भन्दै पोखरेल बिहीबारको बन्दसत्रमा उपस्थित भएका छैनन्। 

अहिले प्रज्ञा प्रतिष्ठानमै बैठक सुरु भएको नेता चन्द्रप्रकाश खनाल 'बलदेव'ले बताएका छन्।

अपराधी भन्ने नेताबारे पार्टीले धारणा सार्वजनिक गर्न केही प्रतिनिधि माग गरेपछि स्थायी समितिमै छलफल गर्न लागिएको एक नेताले जानकारी गराएका छन्।  

स्थायी कमिटी बैठक महाधिवेशन बन्दसत्रस्थल प्रज्ञा प्रतिष्ठान परिसरमै बस्ने भएको बताइएको छ ।