काठमाडौं  / नेकपा एमाले वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ ।

अधिवेशन आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले प्रदेश कमिटीको अधिवेशन माघमा गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत बनाएको छ । बैठकले राजनीतिक सांगठनिक प्रतिवेदन तयारीका लागि वाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेलाई जिम्मेवारी दिएको छ । 

आर्थिक व्यवस्थापनको संयोजकमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनको संयोजकमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनको संयोजकमा उपसचिव महेशकुमार बर्तौला चयन भएका छन्  

अतिथि सत्कारको जिम्मा सचिवालय सदस्य अप्सरा चापागाइँलाई दिइएको छ भने, स्वास्थ्यतर्फ प्रदेश सदस्य डा. रामकुमार अधिकारी र स्वयंसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकिएको छ । 

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।