काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नयाँ अभियान सुरु गर्ने भएका छन् । 

राजतन्त्रको एजेन्डा छोडेर थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा देशव्यापी अभियान सुरु गर्ने भएका हुन् । 

OM Sai Pathibhara Hospital

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन् । 

पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई थापाले मंसिर २७ गते लिखित रूपमै पत्र पठाएका थिए । 

तर, उनले पठाएको उक्त पत्रको बारे लिङ्देनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन् । लिङ्देनले आफ्नो पक्षमा कदम नचल्ने थापाए पछि थापाले हिन्दु राष्ट्रको अभियानको तयारीमा लागेका हुन्।

थापाले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, – ‘पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर म अभियान चलाउँदैछु ।’ 

उनले राजतन्त्रको एजेण्डा छाडे पनि राप्रपा भने नफुटाउने बताए। तर, राप्रपामै सक्रिय हुने नहुनेबारे भने लिङ्देनको कदमबाट टुंगो लाग्ने उनले बताए ।