काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमाथि फरक मत राखेका छन् । 

काठमाडौँमा जारी माओवादीको बन्दसत्रमा प्रचण्डको प्रस्तावमाथि समूहगत छलफलका क्रममा न्यौपानेले आठ बुँदे फरक मत राखेका हुन् । 

OM Sai Pathibhara Hospital

प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै न्यौपानेले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए ।  

दस्तावेजमा आधारभूत विषयहरू अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै उनले फरक मत राखेको बताइएको छ।