काठमाडौं / र्यापर आशिष राना (लाहुरे) लाई प्रहरीले पक्राउ गरेको छ ।
लाहुरे नामले परिचित रानालाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

थापाका अनुसार उनलाई लागूऔषध मुद्दामा हिजो (बुधबार) बेलुका पक्राउ गरिएको हो ।
‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागूऔषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने, ‘अनुसन्धानको क्रममा छ।’
उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।