काठमाडौं  / शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

आयोगले आज प्रावि तहका १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुलाएको हो ।

OM Sai Pathibhara Hospital

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।