काठमाडौं / नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा विधान संशोधनको प्रस्ताव पेश भएको छ । विधान मस्यौदा समितिका संयोजक देव गुरुङले बन्द सत्रमा विधान संशोधनको प्रस्ताव गरेका हुन् ।

गुरुङको प्रस्तावमा १५ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित २९९ सदस्यीय केन्द्रीय समिति हुने गुरुङको प्रस्तावमा उल्लेख गरिएको छ । पदाधिकारी समावेशी चरित्रको हुने गरी प्रस्ताव आएको छ ।

OM Sai Pathibhara Hospital

केन्द्रीय समितिको कुल सदस्य अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रस्ताव समेत आएको छ ।