काठमाडौँ / नेकपा (माओवादी केन्द)ले नेता तथा कार्यकर्ताले वर्षमा कम्तीमा १५ दिन उद्योग या जनतासँग बसेर श्रम गर्नु पर्ने नयाँ कार्ययोजना बनाएको छ ।  

काठमाडौँमा जारी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव अन्तर्गत कार्ययोजना प्रस्तुत गर्दै सो कार्ययोजना अघि सारेका हुन् । 

OM Sai Pathibhara Hospital

पार्टी सदस्यले स्थानीय तहमा पार्टी कमिटीले स्थापना गरेका उद्योग वा जनताको घरमा बसेर नै श्रम गर्नुपर्ने बताइएको छ । 

सबै नेता तथा कार्यकर्ता जनता र श्रमसँग जोडिनाले पार्टीको संगठनात्मक कार्यशैली परिवर्तन हुनाले यस्तो कार्ययोजना ल्याइएको माओवादीका एक नेताले बताए ।  

अध्यक्ष दाहालले एक पालिका एक सामूहिक उद्योगको अवधारणा समेत अघि सारेका छन् ।