काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्व माओवादीहरू एक ठाउँ हुने आधार तयार पार्नुपर्ने बताएका छन ।

नेकपा माओवादीको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै नेता गजुरेलले पूर्व माओवादीहरू एक ठाउँ हुने आधार तयार पार्न माओवादी केन्द्रलाई आग्रह गरेका छन । एकजुट हुने आधार तयार भएपछि मात्र एकताका लागि बहस गर्न सकिने उनले बताए ।

OM Sai Pathibhara Hospital

पुराना माओवादीहरू एकजुट हुनुपर्छ भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई आफूहरूले सकारात्मक रुपमा लिएको पनि गजुरेलले बताएका छन । सबै सच्चा कम्युनिष्टहरू एकजुट हुनुपर्ने आफूहरूको चाहना रहेको भन्दै गजुरेलले पूर्व माओवादी एक ठाउँमा हुनुका लागि विभिन्न सुझाव दिए ।

जनयुद्धको लक्ष्य अपुरो भएको भन्दै नेता गजुरेलले नेपाललाई जनगणतन्त्र बनाउन अघि बढ्ने कार्यक्रम महाधिवेशनले पारित गर्नुपर्ने बताए ।

उनले भने पूर्व माओवादीहरू एकजुट हुने हो भने पहिलो कुरा जनयुद्ध सुरु हुनु अगाडिको केन्द्रीय कमिटीमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ, जनयुद्धको लक्ष्यअनुसार नेपाललाई जनगणतन्त्र बनाउनका लागि कार्यक्रम पारित गर्नुस्, राष्ट्रिय स्वाधीनताको विषयमा केही महत्वपूर्ण निर्णय लिनुभयो भने देशका लागि पनि राम्रो हुन्छ, एमसीसी सम्झौता खारेज गर्न जोड गर्नुहोला ,नेपालले गुमाएका भूभाग हामीले नक्सामा त हासिल गर्‍यौं, कालापानी लिपुलेक फिर्ता गर्नका लागि प्रतिबद्धता गर्नुस्, यी सबै कुरा भए पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्छन्, यो महाधिवेशनले यो ढोका खोल्नेछ ।