काठमाडौं / नेकपा (माओवादी केन्द्र)को आजबाट सुरु हुने आठौँ महाधिवेशनमा चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ । 

यसअघि तय गरिएको सुरक्षा रणनीतिमा प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी परिचालन गर्ने भने पनि हाल ४५० सुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । । 

OM Sai Pathibhara Hospital

यसअघि राष्ट्रिय सम्मेलन आयोजना गर्ने र अन्य राजनीतिक दलका नेताहरूलाई सहभागी नगराउने भनिए पनि सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य पार्टीका शीर्ष नेताहरू पनि सामेल हुने भएका छन्।  

आज दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन हुनेछ। महाधिवेशनमा एक हजार ५३३ प्रतिनिधिसहित अन्य नेता कार्यकर्ताहरू पनि सामेल हुनेछन्। महाधिवेशन पुस १५ सम्म चल्नेछ।