काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको छ । 

माओवादीको आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो ।  

OM Sai Pathibhara Hospital

पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एक जना रहने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।

यसअघि नभएको वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद यसै पटकबाट थप गरिएको हो । आजबाट सुरु हुने आठौं महाधिवेशनको लागि माओवादीले पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न १५ सदस्यीय पदाधिकारी बनाउने गरी विधान संशोधन गरेको हो।

महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतिनिधि १६०० को हाराहारीमा रहेका छन् ।