काठमाडौँ /  नेकपा माओवादी केन्द्र र नेकपा मसाल ( सम्पर्क केन्द्र ) बीच आज एकता  भएको छ । शुक्रबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरेको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसला ( सम्पर्क केन्द्र ) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।

OM Sai Pathibhara Hospital

शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् । मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्रलाई पार्टीमै फर्किनका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।