काठमाडौँ  /  राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शर्मा परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिएका हुन् । 

सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा (५)बमोजिम औद्योगिक एवम् लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने, जिल्ला सभा रूपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

सँगै सरकारले हुलाक वस्तुको महसुल दर पुनरावलोकन गर्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।