स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजे

झापा / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन । 

OM Sai Pathibhara Hospital

उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताएका छन ।  ‘आज दुईवटा एजेण्डामा छलफल भएको छ , पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग एकता हुँदैछ’, प्रवक्ता महराको भनाइ छ ।