काठमाडौं / सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी हुन् ।

आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४र२र२ नै कायम रहेको समेत उनले बताएकी छन् । यद्यपि न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनले बताइन्।

OM Sai Pathibhara Hospital

न्याय परिषद्ले त्रुटिवश आफ्नो वैयक्तिक विवरण फरक लेखिँदा आफ्नो वैयक्तिक चरित्रमा प्रश्न उठाउनु उचित नभएको न्यायाधीश खड्काले बताएकी छन् । न्याय परिषदमा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण रहेको भन्दै उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।’

Justice-Mira-Khadka-statetment