काठमाडौँ / नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको छ ।

पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल गर्ने तयारी गरिएको छ। प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए अनुसार प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले दिएका सुझावहरुलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्।

OM Sai Pathibhara Hospital

सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए।