झापा / कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक व्यक्ति नाटकीय ढंगले फरार भएका छन् ।
जिल्ला कारागारको घोराहीस्थित थुनामा रहेका दाङको राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाइकल लिएर फरार भएका हुन् ।
उपचारका लागि भनेर हतकडी खोलेपछि परियार तीनै प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर फरार भएका हुन् । परियार भागेपछि त्यसमा चौधरीको मिलेमतो हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको एसपी काफ्लेले जानकारी दिएका छन ।
घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएकाले आशंका गर्ने प्रशस्त आधार रहेको उनले बताए ।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।