झापा  / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

आज बिहान ८ः ३० बजे बा २ ख ३६८९ नम्बरको ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए ।

OM Sai Pathibhara Hospital


ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् ।

जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए। कार्की गाडीधनी हुन् ।

अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।