झापा / पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

राष्ट्रिय सम्मेलन नजिकिएका बेला माओवादीले स्थायी कमिटी बैठक गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरू सहभागी छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सम्मेलन तयारीलगायत विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुनेछ । 

माओवादीले यही पुस ११ र १२ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।