काठमाडौँ / नेपालमा बिहीबार २ सय ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय १० पि सि आर परीक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका क्रममा ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइसोलेसन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।