मुग्लिन / गत पुष ४ गतेदेखि बन्द गरिएको मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ ।
स्तरोन्नतिका क्रममा गियर वक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले बन्द गरिएको केबलकार मर्मतसम्भार सकिएपछि पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।