बिर्तामोड / झापाको कमल गाउँपालिका –५ स्थित पूर्वपश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका –१० का २२ वर्षीय अभिषेक यादव रहेका छन ।
हिजो बेलुकी पौने पाँच बजे पूर्वतर्फ जाँदै गरेको को. १ क नम्बरको बसले विपरित दिशाबाट आउँदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर लागि घाईते भएका यादव र सोही स्थानका २५ वर्षीय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका –२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।