काठमाडौँ  / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरूको सरुवा स्थगित गरेको छ । 

आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीको भूमिका बढ्ने भएकाले सरुवा रोकिएको मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

अधिकारीका अनुसार स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरूको सरुवा भने रोकिएको छैन ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरूलाई कामकाजमा खटाउने सम्बन्धी कार्य व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । 

२०७८ चैत्र पाँच गते भित्र ७५३ स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । स्थानीय तहका जनप्रतिनिधिको अवधि थप्ने कानुनी व्यवस्था नरहेकाले वैशाख २० गतेभित्र निर्वाचन गरिसक्नु पर्ने छ । 

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति एवं उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने प्रक्रियामा आयोग प्रवेश गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 
 Saruwa-Cancel