काठमाडाैँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । 

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गत मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।

OM Sai Pathibhara Hospital

अब आदिवासी जनजाति र खसआर्यतर्फ केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

१३४ पदका लागि भएको निर्वाचनमा बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पद मध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।

कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।