काठमाडौँ / विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । 

दर्शनाले बिहीबार विज्ञप्ति जारी गरी साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

उनले आफू पार्टीबाट अगल भए पनि राजनीतिबाट टाढा नहुने बताएकी छिन् । 

वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ रहेको उनले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई लेखेको पत्रमा उल्लेख छ ।

संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूलचरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको उनले बताएकी छन् ।