बिर्तामोड / अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिँदै गरेको अवस्थामा बिर्तामोडबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका –९ का ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरीबहादुर प्रधानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
विहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।