जनकपुर / नेपाली कांग्रेस २ नम्बर प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । 

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकाले आज (बिहीबार) बिहान साढे ९ बजे मात्र मतदान सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए ।

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 

प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।