झापा / नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । 

बुधबार राति सम्पन्न निर्वाचनको मतगणना अनुसार उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै नेम्वाङ १ नम्बर प्रदेश समितिको अध्यक्षमा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

२४० जनाले मतदान गरेकोमा नेम्वाङले १६९ मत पाए भने उनका प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत प्राप्त गरेका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १ सय ११ मत, देवान चाम्लिङले १ सय २० र शिवकुमार डाँगीले १ सय १३ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए ।

तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी भएका छन् ।

निर्वाचन समितिका संयोजक राजन किराँतीका अनुसार ९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।