विराटनगर / थालासेमिया पिडित बिरामीको उपचारका लागि आउँदो पौष ९ गते मोरङको विराटनगरमा ‘च्यारिटी सो’ हुने भएको छ । क्रिसमसको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ हुने भएको हो । 

बुधबार विराट नर्सिङ होम छेउ लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम बारे जानकारी दिएका छन् । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि १०५ जना थालसेमिया पीडित बिरामीहरू आयोजकको सम्पर्कमा आएका छन् । 

OM Sai Pathibhara Hospital

आयोजकले सम्पर्कमा आएका बिरामीहरूमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रमबाट संकलित रकमका आधारमा बाँकी बिरामीहरूको पनि स्वास्थ्य बिमा गरिदिने तयारी रहेको आयोजक कम्पनीका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् । उनले प्रारम्भिक चरणमा निम्नवर्गीय २० परिवारको स्वास्थ्य बिमाका लागि ७० हजार रुपैयाँ खर्च हुने जनाएका हुन् । 

आवर प्रोडक्सन कम्पनीको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रमले बिरामीको उपचारका साथै ढाकाबाट बनेका तयारी पोशाक र ‘फेसन वेयर’ को प्रर्वद्धन गर्ने लक्ष्य समेत लिएको छ । 

आयोजकले भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई आमन्त्रण गर्ने तयारी गरेका छन् ।