झापा / पहिराले बगाएको लघुजलविद्युत परियोजनाको संरचना मर्मत नहुँदा म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । धवलागिरि गाउँपालिका - २, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । 

वडाबासी ले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत परियोजना हालसम्म मर्मत हुन सकेको छैन । लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोबाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत गृह, कुलो र पोल बगाएको थियो ।

OM Sai Pathibhara Hospital

संरचना पुनर्निर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको भरमा  जीवन चलाइरहेका छन् ।

बाढीले विद्युत गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताएका छन ।

बाढीले विद्युत गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ । विद्युत आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्ग लगायतका ३५४ परिवार प्रभावित भएका छन् ।

विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । वि सं २०७३ मा पहिराले जुगेपानी स्थित २५ किलोबाट क्षमताको विद्युत गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।
गाउँपालिकाको ५० लाख रुपैयाँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो ।

बाढीले एक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

परियोजना पुनर्निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएका छन । दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।