झापा / बन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर – ६ घर भएका भक्तबहादुर खड्का छन ।

OM Sai Pathibhara Hospital

५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुर मार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले  बताएका छन ।

रूख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।

खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् । जरिवाना रकम तिरेमा उनी एक महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा हुनेछन् ।