काठमाडौँ  / शिक्षक सेवा आयोगले दुई हजार ५९८ शिक्षक भर्ना गर्न आवेदन आह्वान गरेको छ ।

आयोगले आज (बुधबार) विज्ञापन प्रकाशन गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त माग गरेको हो । 

OM Sai Pathibhara Hospital

आयोगले अंग्रेजी विषयका लागि ६२४, नेपालीमा ४३७, विज्ञानमा ४४०, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। 

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक योग्य नागरिकले माघ ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । फाराम भर्ने शुल्क ७ सय रुपैयाँ तोकिएको छ।

आयोगको वेबसाइटमा गएर अनलाइन फारम भर्न सकिनेछ । परीक्षा लिखित र मौखिक हुनेछन् ।

आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुनेछ । यसका लागि सातै प्रदेशमा परीक्षा केन्द्र तोकिएका छन् ।