झापा / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराएकी थिइन् । 

OM Sai Pathibhara Hospital

उनी घरबाट हराएपछि परिवारले  प्रहरी चौकीमा निबेदन गरेपछि  उनको  खोजी भएको थियो ।  शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो ।

पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।