काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक आव्हान गरेका छन् ।
लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्न प्रधानन्यायाधीश जबराले बुधबारका लागि बैठक आव्हान गरेका आयोगका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार आयोगले जिल्ला न्यायाधीशको १८ पदका लागि गत असोज १२ देखि १७ गतेसम्म परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा प्रकाशन गर्न आयोगले दवाव दिएपछि प्रधानन्यायाधीश जबराले बैठक आव्हान गरेका हुन् ।
जिल्ला न्यायाधीशहरूको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।