काठमाडौं / काठमाडौँको बागबजारस्थित मोडल कलेजका एक विद्यार्थी होस्टलमा मृत फेला परेका छन् । कक्षा ११ मा अध्ययनरत १८ वर्षीय शुशील शहनी  मृत फेला परेका हुन् । 

शहनी धेरै बेरसम्म बाथरुमबाट ननिस्किएपछि बाथरुमको ढोका फुटाइएको थियो । ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

मैनालीका अनुसार उनी मोडल कलेजको सोही कलेजको होस्टलमा बस्थे ।  मृतकको परिवारलाई काठमाडौं बोलाइएको बताउँदै उनले भने, – ‘परिवारले जाहेरी दिएपछि पोस्टमार्टमका लागि शव पठाउँछौं ।’

उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।