ललितपुर / ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा टिपर चालकको मृत्यु भएको छ ।
लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालक गोदावरी –७ बुरुञ्चुलीका अजय मार्फाको मृत्यु भएको हो ।
पुल भाँच्चिएर नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको ट्रिपरमा ठोक्किँदा चालक मार्फा घाइते भएका थिए ।
घाइते मार्फाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए ।