कपिलवस्तु / जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

कपिलवस्तुको वहादुरगञ्जमा हुने एक कार्यक्रममा गुप्तासहितका नेताहरू पार्टी प्रवेश गर्न लागेका हुन्।

OM Sai Pathibhara Hospital

कपिलवस्तुका प्रभावशाली नेता गुप्तासहितको टोलीलाई एमालेमा प्रवेश गर्नको लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू कपिलवस्तु जाँदैछन् । 

यसअघि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसँग गुप्ताले बालकोटमै पुगेर भेट गरेका थिए ।

एमाले प्रवेश गर्न लागेका गुप्ता विगतमा नेपाली कांग्रेसबाट तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै मधेशी जनअधिकार फोरममा रहेका थिए । गत संसदीय निर्वाचनमा उनी कपिलवस्तु –३ मा फोरमबाट उम्मेदवार बनेका थिए तर नेपाली कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भएका थिए ।

गुप्ता कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो स्थानमा थिए। कांग्रेसका अभिषेकप्रताप साहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करिव १६ हजार मत प्राप्त गरेका थिए।