काठमाडौँ / प्रतिनिधि सभाको बैठक आज (मंलबार) दिउँसो १ बजे बस्दै छ ।  

बैठकमा सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले मङ्गलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । 

आफूले आफ्ना सांसदहरूलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा वर्षे अधिवेशनभर विरोध जनाएको एमालेले गत मङ्गलबारदेखि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि विरोध जारी राखेको थियो । 

त्यसपछि सभामुख सापकोटाले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।